भन्सार छलि ल्याइएको १ करोड ६० लाख बराबरको मेडिकल सामग्री सहित ट्रक नियन्त्रणमा

720
Shares

पर्सा, २९ फागुन । भन्सार छलि ल्याइएको मेडिकल सामाग्री तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट काठमाडौँका लागि छुटेको ट्रक वीरगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रज्ञापन पत्र विनाको मेडिकल सामग्री काठमाडौ लैजादै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक सडकखण्डबाट ट्रक नियन्त्रणमा लिएको हो ।

‘प्रदेश १२००१ ख ९२५२ नम्बरको ट्रक रोगी जाँच गर्ने क्रममा सूचना अनुरुप नै भन्सार छली गरी ल्याइएका मेडिकल सामाग्री तथा खुद्रा मालवस्तुहरू फेला पर्‍यो । उक्त ट्रकमा ल्याइएको मेडिकल तथा खुल्ला मालवस्तुको मूल्यांकन गर्दा १ करोड ६० लाख रुपैयाँ बराबरको भएको पाइयो । आज सो सामग्री सहित ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *