कोरोना संक्रमण घटेपछि काठमाडौँ उपत्यकाको आंशिक लकडाउन पूर्ण रुपमा हट्यो
काठमडौं, २० फागुन । काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणका कारण लगाइएको आंशिक निषेधाज्ञा पूर्णरूपमा हटेको छ ।
शुक्रबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै यसअघि लगाइएको प्रतिबन्धात्मक व्यवस्था पूर्णरुपमा हटाइएको जनाएको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण कम हुँदै जान थालेपछि गत २३ माघ देखि जिल्ला प्रशासनले काठमाडौँले लकडाउन खुकुलो बनाउँदै गएको थियो । यद्धपी आंशिक रुपमा स्मार्ट लकडाउन जारी रहेको बताइएको थियो । गत २३ माघ देखि आमससभा जुलुस भेला र मेलाबाहेकका कार्य खुकुलो बनाएको थियो ।
सपिङ मल, डिमार्टमेन्ट स्टोर आदि स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्थ्यो । त्यस्तै, गत १ फागुन देखि डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रिकालीन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न दिइएको थियो ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

