आज विश्व श्रवण दिवस :

यी लक्षण देखिएमा सुन्ने क्षमता कम हुनसक्छ, कम हुने नदिन के गर्ने ?

यी लक्षण देखिएमा सुन्ने क्षमता (श्रवण शक्ति) कम हुनसक्छ :

१. अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउन अनुरोध गर्नु
२. टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
३. चराचुरुङ्गीको आवाज नसुन्नु
४. कान कराउनु
५. बोलेको सुन्नु तर नबुझ्नु
६. अरुसंग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु
७. धेरै हल्ला भएको ठाँउमा कुरा गर्न गाह्रो हुनु
८. रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु

श्रवण शक्ति कम हुन नदिने उपायहरु :

१. चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास (इयर प्लग)को प्रयोग गरौँ ।
२. मोवाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगरौँ ।
३. हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुनौं ।
४. जथाभावी सवारी साधनको हर्न नबजाऔँ ।
५. ठूलो आवाज भएको ठाँउमा लामो समयसम्म नबसौं ।
६. नियमित व्यायम गरौँ
७. अरुलाई चर्को ध्वनिबाट हुनसक्ने असरको बारेमा जानकारी दिऔं र त्यसबाट बच्ने उपाय सिकाऔँ ।
८. क्लव पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गरौँ ।
९. आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमा परीक्षण तथा उपचार गरौँ ।

स्रोत: स्वास्थ्य सेवा विभाग

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *