‘क्षणिक लाभका लागि एन्टिबायोटिकको दुरुपयोग नगरौं’

528
Shares

काठमाडौं, ८ फागुन । फर्मासिस्टहरुले आफ्नो क्षणिक लाभका लागि जथाभावि एन्टिबायोटिकको दुरुपयोग गर्न नहुने औषधी व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताएका छन् । शनिबार नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितिय साधारण सभामा बोल्ने क्रममा केसीले यस्तो आग्रह गरेका हुन् ।

उनले पछिल्लो समय नेपालमा एन्टिबायोटिक औषधीहरु मनपरी चिकित्सकको परामर्शबिना बिक्री–वितरण भइरहेको र यसले बिरामीको स्वास्थ्यमा निकै खेलबाड गरेको भन्दै एन्टिबायोटिकको दुरुपयोग नगर्न औषधि व्यवसायीहरुलाई अनुरोध समेत गरे ।

व्यक्तिहरु आफुमा केहि समस्या देखापरे अस्पताल जानुपूर्व सबैभन्दा पहिले औषधी पसल गएर सल्लाह लिने गरेको बताउँदै” केसीले भने, “औषधी व्यवसाय आफैँमा संवेदनशिल छ तर, पछिल्लो समयमा बढ्दो व्यवसायीका कारण बढेको आपसी प्रतिस्पर्धाको दौरान कतिपयले व्यवसायी मर्यादा नै भुल्ने गरेको देखिएको छ । जो विल्कुल गलत हो ।”

उनले नेपालमा पछिल्लो समय फार्मेसीहरुको संख्या निकै बढ्दै गएपनि दक्ष जनशक्तिको संख्या भने नबढेकाले फार्मेसी खोल्ने कार्यलाई अब नियन्त्रण गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला शाखाका अध्यक्ष बद्री प्रसाद श्रेष्ठले आफूहरु उचित एवम् समान मूल्यमै जनसुरक्षित औषधीहरु सहज रुपमा उपलब्ध गराउँदै आएको बताए । पछिल्लो समय औषधि बजारमा बढेको विकृति र विसंगतिप्रति भने आफूहरु सचेत रहेको उनको भनाई छ ।

जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले औषधी व्यवसायले मानव जीवनसंग प्रत्यक्ष सम्बन्ध राख्ने जनाउँदै यस परिवेशमा संघ नेतृत्वले संस्थागत विकास, व्यवसायिक समस्याको समाधान र प्रभावकारी सामाजिक उत्तरदायित्वका कार्यहरु सम्पादन गर्नुपर्ने बताए।

वि।सं २०३० मा स्थापना भएको औषधी व्यवसायी संघले “औषधीको सदुपयोग गरौँ, प्रतिकुल असर हुनबाट जोगाऔँ” भन्ने मुल नारालाई आत्मसात गर्दै देशैभरि आफ्नो सेवा प्रवाह गदै आएको छ । हाल नेपालमा २६ हजारको हाराहारीमा औषधी पसलहरु रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *