प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

156
Shares
;~rfngdf Nofpg nfu]sf] ;”o{ljgfos gu/ c:ktfn
eQmk’/, !! df3 M sf]/f]gf efO/; ;ªqmd0fsf] t]>f] nx/ cfP;Fu} ;”o{ljgfos gu/kflnsfn] cfkmgf gu/jf;Lsf ;fy} cGo gful/ssf] pkrf/sf nflu ;~rfngdf Nofpg nfu]sf] @% zoofsf] ;”o{ljgfos gu/ c:ktfn . t:jL/ M /d]z lu/L÷/f;;

भक्तपुर, ७ फागुन । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पतालका लागि पाँचवटा भवनलगायत आवश्यक पूर्वाधार निर्माण गरी आजदेखि अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए । अरनिको राजमार्गसँगै जोडिएको नगरपालिकाको वडा नं ८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी जमिनमा पुराना भवन मर्मत तथा नयाँ भवन निर्माण गरेर अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पताल निर्माण समितिका संयोजकसमेत रहनुभएका वडा नं ८ का वडाध्यक्ष किरण थापाले अस्पतालमा आजैदेखि बिरामी राखेर उपचार गरी सेवा सुरु गरिने बताए । “अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, भेन्टिलेटरसहितको आइसियू एचडियू कक्ष, ओपिडी, जनरल वार्ड, ल्याब, एक्स–रेलगायत आवश्यक सबै सेवा दिने गरी व्यवस्थापन गरेका छौँ, अस्पतालमा नयाँ तथा आधुनिक प्रविधि पनि जडान गरेका छौँ,” उनले भने।

नगरपालिकाले दधिकोटस्थित नगर अस्पतालमा रहेका चिकित्सकसहितको टोली, विभिन्न वडामा रहेका स्वास्थ्य चौकीका अतिरिक्त स्वास्थ्यकर्मी, नेपाल सरकारले पठाएका चिकित्सकको टोलीबाट अस्पतालको सेवा सुरु गरिएकोे जानकारी दिँदै वडाध्यक्ष थापाले अहोरात्र आफूहरु खटिएर अस्पताल सञ्चालनमा ल्याउन सफल भएको बताए ।

उनले भने, “अस्पतालमा २४सै घण्टा सेवा सञ्चालन हुन्छ, अरनिको राजमार्गसँगै जोडिएको हुनाले नगरवासीका साथै यस जिल्ला, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायत पूर्वबाट आउने बिरामी तथा सडक दुर्घटनामा परेकाकोसमेत छिटो, सहज एवं सुलभ उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याएका छौँ, यो अस्पताललाई अझै बिस्तार र अत्याधुनिक बनाउने हाम्रो योजना छ ।”

एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले देशभर ३९६ वटा अस्पताल एकैपटक शिलान्यास गर्दा शिलान्यास गरिएको यस अस्पतालमा नगरपालिकाको रकम र सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट अस्पताल सञ्चालनमा ल्याइएको हो ।

नगरपालिकाको रु आठ करोड र सांसद विकास कोषको रु ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शय्याको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शय्या थपको स्वीकृति लिएर ५० शय्या हुँदै १०० शय्यासम्म पु¥याउने लक्ष्य रहेको उनको भनाइ थियोे ।नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउने भएको छ ।

रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *