जोन्सन खोप लगाएकाले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने

240
Shares

काठमाडौं, ५ फागुन । कोरोना भाइरस विरुद्धको जोन्सन खोप लगाएकाले पनि अब बुस्टर डोज लगाउन सक्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरुलाई ६ महिनापछि सोही खोप वा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना वा फाइजर खोप लगाउन मिल्ने प्रष्टाएको हो ।

जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने प्रश्न धेरैले गरेपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर डोज लगाउन मिल्ने जानकारी दिएको हो ।
मन्त्रालयले उपलब्ध भएसम्म जे एण्ड जे नै लगाउन सल्लाह दिएको छ ।

जे एण्ड जे खोप लगाएका व्यक्तिले अन्यले जस्तै ६ महिना पुगेपछि बुस्टर मात्रा लगाउन मिल्ने सूचनामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *