औषधिको बिषयमा विशेष छलफल गर्दै प्रधानमन्त्री कार्यालय

1.1k
Shares

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय औषधि उत्पादन तथा आपूर्तिको विषयमा सरोकारवालासंग विशेष छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको चासो पछि प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद थपलियाले आज सरोकारवाला निकायका अधिकारीसंग छलफल गर्न लागेका हुन् ।

दिउसो साढे १ बजेका लागि बैठक डाकिएको छ ।

‘खासगरी विभिन्न सञ्चारमाध्यममा औषधिको आपूर्ति तथा उपलव्धताको विषयमा समाचारहरु आइरहे, सरकारले औषधिको सहज आपूर्ति र उपलव्धता हुनुपर्छ भन्ने मान्यता राखेको छ । के कसो भइरहेका हो भनेर थाहा पाउनका लागि सरोकारवालालाई बोलाएका हौँ,’ प्रधानमन्त्री कार्यालयका सचिव थपलियाले भने ।

वैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, औषधि व्यवस्था विभागका महानिर्देशक, नेपाल औषधि उत्पादक संघ, औषधि व्यवसायी संघ, औषधि आयातकर्ता संघ लगायतका प्रतिनिधिहरु सहभागी हुने प्रधानमन्त्री कार्यालयका उपसचिव राममणी दाहालले जानकारी दिए ।

केही दिन अघिसम्म नेपालमा सिटामोल औषधिको अभाव भएको थियो । यद्धपी अहिले त्यो अभाव हटिसकेको बताइएको छ । पछिल्लो समय अघि भारतले केही जीवन रक्षक औषधिको निर्यात बन्द गरेको समेत खवर सार्वजनिक भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *