नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनको अध्यक्षमा डा. सुमन आचार्य निर्वाचित
काठमाडौँ, २३ माघ । नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडीए) त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको अध्यक्षमा डा सुमन आचार्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न एनआरडीएको तेह्रौं कार्यकारिणी समितिको निर्वाचनबाट डा आचार्य अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचन समिति संयोजक डा सुमन दाहालका अनुसार १३ सदस्यीय कार्यसमितिमा अध्यक्ष उपाध्यक्ष, सचिव र सहसचिव पदमा निर्वाचन भएको थियो । कोषाध्यक्ष र बाँकी ८ सदस्य पदमा भने उम्मेद्धारहरु निर्विरोध निर्वाचित भएका थिए ।
अध्यक्ष पदका लागि डा आचार्य संगै डा प्रविण पाठक र संजीवकुमार झाले उम्मेद्धारी दिएका थिए । डा आचार्यले ९८ मत ल्याएर बिजयी हुँदा, डा पाठकले ४२ मत र डा झाले ३८ मत ल्याएका थिए ।
यस्तै उपाध्यक्ष पदमा डा कमल भुसाल निर्वाचित भएका छन् । उनले ९९ मत ल्याई बिजयी हुँदा उपाध्यक्षका अर्का उम्मेद्धार डा प्रविण चौधरी ७७ मतमा खुम्चिएका थिए ।
सचिव पदमा डा अरुण उप्रेती बिजयी भएका छन् । उनले ११५ मत ल्याएका छन् । सचिव पदका अर्का उम्मेद्धार डा कमल पण्डित भने ६६ मतमा सिमित रहे ।
सहसचिव पदमा डा लोकराज कंडेलले १११ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी डा कमल पण्डितले ६६ मत मात्रै प्राप्त गरे ।
यी बाहेक बाँकी पदहरुमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा डा प्रज्वल खतिवडा निर्वाचित भएका छन् ।
सदस्यहरुमा डा कुन्दन मरासिनी, डा शरद शर्मा, डा विपना केसी, डा विशाल गैरे, डा किसन नेपाली, डा कृष्णकुमार यादव र डा माधव देउजा निर्विरोध निर्वाचित भएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

