डा. मेघनाथ धिमालले जिते अन्तराष्ट्रिय स्तरको ‘वर्ष वैज्ञानिक’ पुरस्कार

3.0k
Shares

काठमाडौँ, २१ माघ । नेपालका डा मेघनाथ धिमाल ‘मेडिकल तथा हेल्थ साइन्स/पब्लिक हेल्थ तथा इन्भाईरोमेन्ट साईन्स’ विधा तर्फ अन्तराष्ट्रियस्तरको वर्ष वैज्ञानिक अवार्ड जितेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत समेत रहेका डा धिमालले क्याडनाको इन्टरनेशनल एचिभमेन्टस रिसर्च सेन्टरले प्रदान गर्ने साइन्टिस्ट अफ दि ईयर २०२१ अवार्ड जितेका हुन् ।

‘यो अवार्डका रिसर्च सेन्टरले खुल्ला प्रतिस्पर्धा गराएको थियो । संसारभरका स्वास्थ्य वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । त्यसमध्ये एउटा अवार्डमा म छनौट भएँ,’ डा धिमालले भने ।

उनले यो अवार्ड जित्ने आफू पहिलो नेपाली भएको समेत जानकारी दिए ।

सन् २०१६ देखि प्रदान गर्न थालिएको यो अवार्डका लागि विश्वभरका ती व्यक्तिहरु जो स्वास्थ्य अनुसन्धान तर्फको क्रियाशिलता, अन्तराष्ट्रिय सहभागिता, रिसर्च पेपर, राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार, देशमा पुरयाएको योगदानका आधारमा जुरी मेम्बरबाट विजेता छानिन्छ ।

‘यो आवार्डले मलाई स्वास्थ्य अनुसन्धानका क्षेत्रमा थप काम गर्नका लागि हौसला मिलेको छ,’ डा धिमालले छोटो प्रतियोगिता दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *