टेकु अस्पतालमा कोभिडविरुद्धको खोप आजदेखि पुन: सञ्चालनमा
काठमाडौँ, ११ माघ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमबारदेखि स्थगित गरेको कोभिडविरुद्धको खोप अभियान आजदेखि पुन: सञ्चालनमा ल्याउने भएको छ ।
काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन गरिदिने भएपछि स्थगित खोप पुन: सञ्चालनमा ल्याउन लागेको हो ।
यसअघि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ५० बढीमा कोरोना संक्रमण भएपछि अस्पतालले ७ दिनको लागि खोप कार्यक्रम स्थगित गरेको जनाएको थियो ।
सोमबार जारी विज्ञप्तीमा काठमाडौं महानगरपालिका, स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी, काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले कोभिड-१९ विरुद्धको खोप अभियानको आवश्यकतालाई मध्यनजर गरी मंगलबारदेखि कोभिड -१९ विरुद्धको नियमित खोप कार्यक्रम संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ भनिएको छ।
सम्पर्क इमेल : [email protected]