चीनद्धारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण
काठमाडौँ, ८ माघ । चीन सरकारले उपलव्ध गराएको २० लाख सुई (सिरिन्ज) नेपाल आईपुगेको छ । शनिबार चिनियाँ प्रतिनिधिले नेपाली प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन् ।
नेपालस्थित चिनियाँ दुतावासले सुई हस्तान्तरण गरेको जनाएको छ ।
दुतावासले कोरोना भाइसको महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको समेत बताएको छ ।

कोभिडविरुद्धको अभियानमा खोप सहित विभिन्न स्वास्थ्य सामग्री उपलव्ध गराएको चीनले पछिल्लो पटक सुई उपलव्ध गराएको हो । यो सुई ०.५ एमएलको नर्मल साइजको हो ।
कोभिडविरुद्धको खोप लगाउनका लागि यो सुई प्रयोग गर्ने नेपाली अधिकारीहरुले बताएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

