सार्वजनिक स्थलमा धूमपान गर्नेबाट भरतपुर महानगरले उठायो करीब एक लाख जरिवाना

काठमाडौँ, २१ मंसिर । नेपालमा कानून त सार्वजनिक स्थलमा धूमपान गर्न पाईदैन् । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनाएको ऐनले सार्वजनिक स्थलमा धूमपान गर्नेसंग एक सय रुपैयाँ जरिवाना उठाउन सक्ने व्यवस्था गरिदिएको छ । यहि व्यवस्थालाई टेकेर भरतपुर महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान गर्नेहरुबाट गत आर्थिक बर्षमा ९६ हजार रुपैयाँ जरिवाना संकलन गरेको छ ।

सुर्तीजन्य पदार्थ र नसर्ने रोगबिरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दबाब समूह (एपीक्याट) छैटौंँ शिखर सम्मेलनलाई मंगलबार सम्वोधन गर्ने क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सो जानकारी दिएकी हुन् । उनले भनिन्, ‘भरतपुरलाई धूमपानरहित महानगर बनाउने हाम्रो अभियान छ । यो अभियानलाई सफल बनाउन हामीले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई कानून अनुसार दण्डित गरेका छौँ । गत आर्थिक बर्षमा मात्रै १०० रुपैयाँका दरले उठाएको जरिवाना ९६ हजार भएको छ र सो रकम राजश्व कार्यालयमा दाखिला गरिदिएका छौँ ।’

सो अवसरमा उनले यो सुर्तीजन्य पदार्थको प्रयोगलाई निइन्त्रण गर्ने अभियानलाई थप प्रभावकारी ढंगले अगाडी बढाउने समेत बताईन् ।

आफु मेयर भएपछि भरतपुरलाई गत वर्ष धुम्रपान निषेध सहरको रुपमा घोषणा गरेको बताउदै महानगरमा सरोकारवालाहरुसँगको सहकार्यमा हरेक कार्यालय, स्कुल, कलेज, होटेल र सार्वजनिक स्थलमा धुम्रपान निषेध लेखिएका साइनेज राख्न लगाइएको र विभिन्न सञ्चारका माध्यमबाट धुम्रपान विरुद्घका सन्देश प्रकाशन प्रशारण गरेर जनचेतना जगाइएको समेत जानकारी दिईन् ।

मेयर दाहालले महानगरपालिकाले सुर्तीजन्य पदार्थको प्रयोग विरुद्धको अभियान चलाउँदै आएको संस्था एक्सन नेपालसँगको सहकार्यमा भरतपुरका धुम्रपान सम्बन्धी अवस्थाको अध्ययन गरेको र उक्त अध्ययनले सूर्तिजन्य पदार्थ सम्बन्धी ऐनको कार्यन्वयन फितलो भएको पाइएकोले ऐन कार्यन्वयनमा लागि सर्वपक्षिय बैठक राखेर कार्यन्वयनमा जोड दिएको बताइन ।

सम्मेलनमा नेपाल सहित इण्डोनेशिया, कम्बोडिया, बंगलादेश, भारत, म्यान्मार लगायत दक्षिण पूर्वी एशियाका १२ देशका ७८ मेयरहरुको सहभागिता थियो ।

यस्तै सम्मेलनलाई क्षयरोग तथा फोक्सो रोगविरुद्घ क्रियाशिल अन्तर्राष्ट्रिय संस्था दि युनियन, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले सम्वोधन गरेका थिए । सो क्रममा उनीहरुले धुम्रपान रहित विश्व बनाउने अभियानमा आफुहरु लागि परेको र अभियानलाई अघि बढाएको बताएका थिए ।

एक दिने यो सम्मेलनमा सुर्तीजन्य पदार्थ विरुद्धका विभिन्न अभियानमा जोडिएका विज्ञ तथा अभियन्ता, सञ्चारकर्मीको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *