‘मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले ?’

कठमाडौँ, ८ मंसिर । ‘मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले ?’ भन्ने मुल भाव अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले गत २८ कात्तिक देखि ४ मंसिरसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताह मनाएको छ ।

सप्ताहव्यापी कार्यक्रममा मधुमेहको आँखामा असर सम्बन्धि जनचेतना फैलाउनको लागि अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण गरिएको छ । यसका साथै आमसंचारका विभिन्न माध्यम रेडियो, टेलिभिजन तथा सामाजिक संजालको माध्यमबाट सामाग्रीहरु प्रचार प्रसार गरिएको प्रतिष्ठानले जनाएको छ ।

साताभरि प्रतिष्ठान लगायत प्रतिष्ठानको शाखा सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । जसमध्ये ९९ जनाले निःशुल्क परिक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएका छन् ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ४६ करोड ३० लाख मानिस मधुमेह बाट ग्रसित छन् । अन्धो पना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ ।

हरेक तीन मध्य एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नु पर्ने हुन्छ । मधुमेह लागेका ब्यक्तिमा ह्रदय रोगको जोखीम सामान्य मानिसमा भन्दा तिनगुना बढी हुन्छ । मृगौलाले काम नगर्ने जोखीम मधुमेहका विरामीमा १० गुना बढी हुन्छ । संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाई रहेका छन् । प्रत्येक दुई मध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन ।

मधुमेह रोग आफैमा जति सम्वेदनशील छ यो रोगको दुरगामी असर न्यूनिकरणका लागि धेरै पहल गर्न सकिन्छ । जस्तो कि दोश्रो प्रकारको मेधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परिक्षण, तनाव व्यवस्थापन र औषधोउपचारका माध्यम बाट सजिलै ५० प्रतिशत भन्दा बढिमा रोकथाम गर्न सकिन्छ ।

डायवेटिक रेटिनेपेथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ । मधुमेहि विरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ ।

आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ । संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाईएको छ ।

मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको छ र विगत १५ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *