आज देखि १२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजर खोप दिईदै, कस्ता व्यक्तिले पाउने ? कहाँ गएर लगाउने ?

काठमाडौँ, २८ कात्तिक ।  सरकारले आज देखि नेपालका लागि कोभिडविरुद्धको नयाँ खोप ‘फाइजर’ लगाउन सुरु गर्दैछ ।

विश्व मधुमेह दिवसको अवसर पारेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आजबाट यो खोप दिन सुरु गरेको हो ।

खोप दिनका लागि काठमाडौँ उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर १६ वटा गरी कुल २४ वटा ठूला सरकारी अस्पतालमा खोप केन्द्र तोकिएको छ ।

कोभ्याक्स सुविधा अन्तरगर्त अमेरिकाले उपलव्ध गराएको एक लाख ६२० डोज खोप १२ बर्ष माथिका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखेर दिईने भएको छ ।

अभियानको अन्तमा खोप बाँकी रहेमा १२ देखि १७ बर्ष उमेर समूहका अन्य बालबालिकालाई पनि दिइने बताएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालका अनुसार आज देखि देखि ४ मंसिरसम्म तोकिएका दीर्घरोगीहरुको लागि र ५ मंसिर देखि ७ मंसिरसम्म १२ देखि १७ वर्ष उमेर समूहका अन्य व्यक्तिलाई पहिलो मात्रा खोप दिईने छ ।

चार साताको अन्तरमा दिईने यो खोपको दोस्रो मात्रा भने २७ मंसिर देखि २ पुस सम्मका लागि तय गरिएको छ ।

खोप लिनका लागि दीर्घ रोगी भएका व्यक्तिले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्वन्धी पूर्जा र अन्य व्यक्तिको लागि उमेर खुल्ने प्रमाणपत्र र दोस्रो मात्राको लागि पहिलो मात्रा लिइएको खोप कार्ड अनिवार्य चाहिने भनेको छ ।

तोकिएका खोप केन्द्रमा १० देखि ४ बजेसम्म खोप दिईने खोप प्रमुख दाहालले बताए । यद्धपी पाटन अस्पतालमा विहान ९ बजे देखि ३ बजेसम्म सञ्चालन हुने तयारी भएको समेत उनले सुनाए ।

नेपालमा हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जेन्सन खोप लिइएको छ । यो खोप सबै १८ बर्ष उमेर माथिका समूहलाई दिइएको हो ।

कस्ता व्यक्तिलाई दिईदै छ फाइजर खोप ?

यो खोप १२ बर्ष माथिका निम्न अनुसार दीर्घ रोग भएका बिरामीहरुलाई दिईदै छ :

१. लामो समयदेखि मुटुको बिरामी भई अपरेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति ।
२. लामो समयदेखि मिर्गौलाको समस्या भई, मिर्गौला फेरेका, डाईलासिस गराईरहेका, औषधि सेवन गरिरहेका बिरामी ।
३.  जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी ।
४.  लामो समय देखि छातीको समस्या भई चिकित्सकको पूर्जा बमोजिम आौषधि खाईरहेका बिरामी ।
५. अंगप्रत्यारोपण गरेको व्यक्ति ।
६.  लामो समय देखि कडा खालको उच्च रक्तचाप र मधमेह भई चिकित्सकको निगरानीमा उपचार गराईरहेको बिरामी ।
७.  कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाको व्यक्ति ।
८.  कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाको व्यक्ति ।
९. मस्तिस्क र मस्तिष्कका रक्तनली सम्वन्धी रोग (पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृत्ति, आदी) लागेको बिरामी
१०.  खोप बचत भएमा अभियानको अन्तरमा १२ देखि १७ बर्षसम्मका अन्य व्यक्ति ।

खोप केन्द्रहरु कहाँ कहाँ तोकियो ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *