चार प्रतिशत नेपालीलाई मानसिक स्वास्थ्य समस्या

काठमाडौँ, २४ असोज ।  आज १० अक्टुवर अर्थात विश्व मानसिक स्वास्थ्य दिवस, असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नाराका साथ विश्वभर मनाईदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानकै रुपमा मनाईदैछ ।

मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार २० असोज देखि नै तिनै तहको सरकार र सम्वद्ध सबै पक्षको सभागितामा नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७८ सञ्चालन गरिएको छ । यो अभियान अभियानको उद्धेश्य मानसिक स्वास्थ्यको विषयमा समुदायमा विद्यमान अन्धविश्वास, भ्रम, कुरिती कलंक र सामाजिक दुव्र्यहारको दुष्चक्रर्ला तोडदै तथ्यमा आधारित मानसिक स्वास्थ्यको विषयमा आमधारणा विकास गर्ने रहेको डा पौडेलले बताए ।

नेपालको राष्ट्रिय स्वास्थ्य सर्भेक्षण २०७७ का अनुसार देशको कुल जनसंख्याको ४ प्रतिशत लगभग ११ लाख जनता र थप १३ देखि १७ बर्ष उमेरका ५.२ प्रतिशत किशोर किशोरीहरुले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् । यसको परिणामस्वरुप ६.५ प्रतिशत बयस्कहरुले तत्कालीन अवस्थामा आत्महत्यको सोच रहेको अनुभव गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य र लागू औषध दुव्र्यसनका कारण विश्वमा प्रमुख रुपमा ५ मध्ये १ अपांग सहितको जीवन बाच्नु परेको छ । यो अवस्था नेपाल जस्तो न्युन आय भएको मुलुकमा अझ बढी भएको औल्याइएको छ ।

नेपाल प्रहरीको तथ्यांक अनुसार गत आथिृक बर्षमा हरेक दिन औषत २० जना व्यक्तिले आत्महत्या गरी कुल ७११७ वटा आत्महत्या सम्वन्धी घटना दताृ भएका छन् । जो विगतको तुलनामा १३.७ प्रतिशतले बढी हो ।

सरकारले यसबर्ष देशभरका १३ सरकारी अस्पतालमा १० शैयाका दरले कुल १३० शैया मानसिक स्वास्थयको लागि छुट्याएको छ ।

पछिल्लो समय कोभिड १९ को महामारीले मानसिक स्वास्थ्य अवस्था झनै खराव र जटिल बन्दै गएको छ । कोभिड संक्रमणको त्रास लकडाउन तथा कोभिड संक्रमणका कारण उत्पन्न सामाजिक आर्थिक र शैक्षिक असहजता तथा असमानतालाई झनै बढाएको विज्ञहरुले बताएका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दिवसको अवसरमा आइतबार विहान एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विज्ञहरुले मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण गर्ने विषयमा जोड दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *