एनएमए नेशनल हेल्थ समिट ९ असोजमा हुने


काठमाडौँ, २० भदौ । नेपाल चिकित्सक संघले आगामी ९ असोजमा एनएमए नेशनल हेल्थ समिट २०२१ गर्ने भएको छ । जारी कोरोना महामारीका क्रममा भोगेका र सिकेका विषयमा छलफल गरी महामारी सम्बन्धी आवश्यक नीति तथा स्वास्थ्य पूर्वाधार तयार गर्न टेवा पुर्याउँने उदेश्यले समिटको आयोजना गर्न लागेको हो ।

संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एशोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर प्रत्येक वर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा यस्तो समित गर्न लागिएको हो।

समिटको लागि यसपटकको नारा”PANDEMIC PREPAREDNESS IN NEPAL” तय गरिएको छ।

सम्मेलनका लागि संघले पूर्व अध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा. अन्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजन समिति र डा. कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति बनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली र आम नागरिकका भोगाई र सिकाईका आधारमा भावी नीति तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले समिटमा प्रस्तुत कार्यपत्र, विज्ञ विचार र प्रश्नका आधारमा सारांश तयारगरी सरकारका विभिन्न निकाय र मन्त्रालयमा बुझाउँने योजना रहेको समेत बताए ।

डा. कार्कीले सम्मेलन संघको क्यालेन्डर इभेन्टका रुपमा आयोजना गरिने भएकोले आगामी वर्षको समिटमा यो वर्षका निष्कर्ष र तीनको नीतिगत कार्यान्वयनसमेत फलोअप गरिने उनको भनाई थियो।

आयोजक समितिका सह–अध्यक्ष डा. अन्जनीकुमार झाले संघले लामो समयदेखि आयोजना गर्ने सोच राखेको यस समिटलाई सफल गराउँने अग्रसरता वर्तमान कार्यकारिणी समितिले लिएको भन्दै त्यसको प्रशंसा गरे । उनले संघको वर्तमान नेतृत्वले महामारीमा उल्लेखनीय काम गरेको र यसका क्रममा भोगेका अनुभव र देशभरका आम चिकित्सकले महामारीमा भोगेका समस्याबाट सिकेर आगामी दिनमा मार्गदर्शन हुनेगरी समिटको विषय महामारीसम्बन्धी नै छानिएको समेत बताए ।
संघका महासचिव डा. बद्री रिजालले समिटका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तिब्रताका साथ अगाडी बढाईरहेको जानकारी दिए ।

यसपटक सम्मेलनका लागि ५ वटा छलफलका मुख्य विषय छानिएका छन् । जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशाधन र सेवा प्रवाह, कोभिड १९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आवष्किार मुख्य विषय छन् ।

डा. रिजालका अनुसार समिटका समूहगत छलफलका विषयलाई राष्ट्रिय टेलिभिजन एवं सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गरिनेछ । बैज्ञानिक सत्रका लागि ५ वटा मुल विषय छनौट गरिसकिएको र ती विषयमा छलफलका लागि अध्यक्ष, सह–अध्यक्ष, प्यानलिस्ट, स्पिकर र मोडरेटरसमेत छानी सकिएको संघले जनाएको छ।

वैज्ञानिक समितिकी संयोजक डा. कुसुम थापाले यो वर्ष विषय र सहभाी छनौट गर्दा महामारीमा काम गरेका र जिम्मेवारी लिएकाहरुमा बढी फोकस भएको बताए ।

डा. कार्कीले प्राकृतिक विपत्ति, कोभिड–१९ जस्ता महामारीहरुको उचित समाधान, व्यवस्थापन र सामना गर्ने रणनीतिमूलक नीतिगत सुझाब नेपाल सरकार लगायत सरोकारवाला निकायमा सम्प्रेषण गरिनेसमेत बताउँनुभयो।

यसले नेपालको स्वास्थ्य प्रणाली सुधार गर्दै जारी रहेको कोरोना महामारी र आगामी दिनमा पनि आउँनसक्ने यी र यस्तै स्वास्थ्य संकटका सामना गर्न सवल स्वास्थ्य प्रणाली निर्माणका लागि टेवा पु¥याउने संघले विश्वास लिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *