दैनिक तीन कप सम्मको कफि मुटु स्वास्थ्यको लागि फाइदाजनक : अध्ययन्

एजेन्सी । दैनिक तीन कपसम्म कफि पिउदा त्यसले मुटुको रक्षा गर्ने एक अध्ययनले देखाएको छ । अध्ययनबाट मुटुरोगको निदान भई नसकेका व्यक्तिहरुले दिनमा आधा देखि तीन कपसम्म नियमित कफि पिउने गरेमा नपिउनेहरुको तुलनामा हृदयघात तथा मस्तिस्कघातभई मृत्यु हुने सम्भावना कम देखिएको छ ।

द युरोपियन सोसाइटी अफ कार्डियोलोजीको बार्षिक बैठकको अवसर पारी शुक्रबार प्रस्तुत गरिएको यो अध्ययनमा कफि पिउने गरेका ४ लाख ६८ हजार बढी सहभागी भएको उल्लेख छ ।

अध्ययनले अरु के के देखायो ?
अध्ययनले मध्यम मात्रामा कफि पिउदाँ बयस्कहरुलाई टाइप २ मधुमेह, पार्किन्सस रोग, कलेजोको रोग, प्रोस्टेट क्यान्सर, अल्जाइमर, तथा ढाड दुख्ने सम्मस्या समेत कम हुने देखाएको छ ।

अध्ययनमा भनिएको छ गत अप्रिलमै प्रकाशित तीनवटा अध्ययनले पनि दिनमा एक वा सो भन्दा बढी सादा र क्याफिन युक्त कफि पिउनाले लामो समयसम्म हृदयघातको सम्भावनाबाट जोगाउँछ ।

अध्ययनले दिनमा दुई वा त्यो भन्दा बढी कप कालो कफि पिउदा हार्ट फेल हुने सम्भावना ३० प्रतिशतले घटेको देखाएको छ ।

युनिभर्सिटी अफ कोलोराडो स्कुल अफ मेडिसिनका बरिष्ठ डाक्टर डेभिड काउ भन्छन्, ‘कफि र हार्ट फेलियरको सम्वन्ध साच्चिकै आश्चर्य जनक छ ।’

उनी भन्छन्, ‘सामान्य मान्छेले कफी र क्याफिनको प्रयोग स्वास्थ्सयको लागि हानिकारक भन्ने ठान्छन्, किनकी उनीहरुले त्यसको प्रयोगले मुटुको धडकन र उच्च रक्तचापको समस्या पैदा गर्छ भनेर तर नियमित रुपमा कफि प्रयोग गर्दा त्यसले हार्टफेल हुने सम्भावनालाई घटाउँदै लैजान्छ ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *