नेपालमा शिशु जन्मेको एक घण्टा भित्रै स्तनपान गराउने ५५ प्रतिशत मात्रै

काठमाडौँ, २१ साउन । शिशु जन्मेको एक घण्टा भित्र स्तनपान गराई सक्नु पर्ने हो तर नेपालमा भने अहिले पनि झण्डै ४५ प्रतिशत सुत्केरी आमाहरुले सो अवधी भित्र स्तनपान गराएको पाइदैन् ।

जन्मेको एक घण्टा भित्र स्तनपान गराउने सार्क मुलुकहरुमा नेपाल चौथो नम्बरमा छ ।

यो सूचीको पहिलो नम्बरमा श्रीलंका छ । जहाँ ९० सुत्केरीले जन्मेको एक घण्टा भित्रै शिशुलाई स्तनपान गराउँछन् । त्यसपछि भुटान ७८ प्रतिशत, तेस्रो मालदिव्समा ६१ प्रतिशत रहेको छ ।

नेपालमा भने ५५ प्रतिशत सुत्केरी आमाहरुले एक घण्टा भित्र आफ्ना शिशुहरुलाई स्तनपान गराउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखा प्रमुख केदार पराजुली बताउँछन् ।

उनका अनुसार नवजात शिशुको लागि अर्को महत्वपूर्ण मानिने ‘एक्सक्लुसिभ ब्रेस्ट फिडिङ’ अर्थात ६ महिनासम्म आमाको दुधबाहेक केही नखुवाउने सार्कका देशहरुमा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको श्रीलंकामा ६ महिनासम्म दुध मात्रै खुवाउने आमाहरु ८२ प्रतिशत छन् ।

दोस्रो स्थानमा रहेको नेपालमा ६ महिनासम्म दुध मात्रै खुवाउने आमाहरु ६६ प्रतिशत छन् ।

जन्मेको दुई बर्षसम्म शिशुलाई दुध चुसाउनेको सूचीमा सार्क देशहरुमा नेपाल पहिलो छ । नेपालका ८२ प्रतिशत आमाहरुले बच्चालाई कम्तिमा दुई बर्षसम्म स्तनपान गराउँछन् ।

स्तनपानको चर्चाको किन आवश्यकता छ ?
स्तनपानको अभ्यासलाई सुधार गरिएमा बार्षिक रुपमा विश्वभर ८ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । यस्तै स्तनपान नगराउँदा बार्षिक रुपमा ३०० खर्ब भन्दा बढी खर्च हुन्छ ।

त्यति मात्रै होइन आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तुको बिक्री अत्यधिक बृद्धि भएको छ । सन् २०१४ मा ४५ खर्वको कारोवार हुँदा सन् २०१९ मा ७२ खर्वको कारोवार भएको पाइएको छ ।

बरिष्ठ बालरोग विशेषज्ञ डा कृष्णप्रसाद पौडेल भन्छन, स्तनपान शिशुको लागि सम्पूर्ण आहार हो । सबैभन्दा पुरानो र पहिलो खोप पनि मानिन्छ । मस्तिस्क विकास र बाताबरण मैत्री समेत भएकोले यसको छुट्टै विशेषता छ ।

विश्व स्तनपान सम्ताह हरेक वर्ष अगष्ट १ देखि ७ सम्म सन् १९९२ देखि मनाईदै आइएको छ । यस पटकको नारा हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी भन्ने रहेको छ ।

स्तनपानलाई प्रवर्धन गर्न सरकार तथा विभिन्न गैर सरकारी संस्थाको सहयोगमा नेपालमा पनि सप्ताहव्यापी कार्यक्रम भईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *