‘कालोढुसी’मा प्रयोग हुने औषधि किन अभाव ?’ : भारतबाट पाइएन, बंगालदेशबाट ल्याइएन

काठमाडौँ, ७ साउन । कोभिड – १९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने ‘कालो ढुसी’ (म्यूकोरर्माइकोसिस) बाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ । दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस संक्रमितको संख्या त्यहाँ ४५,३७४ रहेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बताएको बीबीसीले  आजको रिपोर्टमा उल्लेख गरेको छ ।

नेपालमा म्यूकोर्माइकोसिसको संख्या कति छ अहिलेसम्म एकीन भईसकेको छैन् । त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक डा. शान्तकुमार दासले अहिले आफूकहाँ ४ जनाको उपचार भइरहेको बताएका छन् ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भने अहिलेसम्म १८ जना म्यूकोर्माइकोसिसका बिरामीका लागि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)बाट औषधि लगेको बताए ।

कोरोना संक्रमणमा परि निको भएका कतिपयमा देखिएको यो रोगको उपचारका लागि छुट्टै औषधि छैन। चिकित्सकहरुले कालाजार रोगमा प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन – बी’ प्रयोग गर्दै आएका छन् । तर अहिले यो औषधिको चरम अभाव देखिएको छ ।

‘कालाजारका बिरामीलाई १० देखि १५ डोज प्रयोग हुन्थ्यो । तर म्यूकोर्माइकोसिसका एउटै विरामीलाई ७० देखि ८० डोज दिनुपर्ने रहेछ । र अहिले भारतले यो औषधि निर्यातमा रोक लगाएको छ भन्ने सुनिएको छ । यसले गर्दा औषधि व्यवस्थापनमा चुनौती देखिएको छ,’ प्रवक्ता डा पौडेलले भने ।

उनले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र युनिसेफ लगायतका संस्थासंग थप औषधिका लागि समन्वय गरिएको समेत जानकारी दिए । त्यसो त स्वास्थ्य सेवा विभागले एम्पोटेरिसिन – बी खरीद गरी ल्याउनका लागि टेण्डर आव्हान गरेको पाँच साता नाघि सकेको छ ।

तर औषधिको आउने सुरसार अझै देखिएको छैन् । औषधि नआउँदा बिरामी प्रत्यक्ष मारमा परेका छन् ।

डेन्टरमा आयो, औषधि आएन
स्वास्थ्य सेवा विभागले म्यूकोर्माइकोसिसका बिरामीका लागि प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन – बी’ खरीद गर्नका लागि पाँच साता अघि नै टेण्डर आव्हान गरेको थियो ।

सो टेण्डरमा भारतबाट आयात गर्ने भनेको प्राइमलाइफ इन्टरनेशनल र बंगलादेशबाट आयात गर्ने भनेको आयान हेल्थ केयर प्रालिबीच प्रतिस्पर्धा थियो । तर मूल्यमा भने दुई कम्पनीबीच सत्प्रतिशत तलमाथि देखिएको थियो ।

भारतबाट १० हजार हजार डोज प्राइमले ११ करोडमा र बंगलादेशबाट त्यतिनै डोज आयानले २२ करोड रुपैयाँमा ल्याउने प्रस्ताव टेण्डरमा गरेका थिए । खरीद ऐन अनुसार कम मूल्य राख्ने प्राइमले टेण्डर पारयो । तर टेण्डर पारे पनि भारतले सो औषधि पहिले देखि नै निर्यातमा प्रतिवन्ध लगाएको कारण अहिलेसम्म आउन सकेको छैन् ।

भारतले ‘एम्पोटेरिसिन – बी’ निर्यात प्रतिवन्ध गरेको पत्र

‘खासमा एक महिना भित्रै औषधि आउनुपर्ने हो । अहिलेसम्म आएको छैन् । आउने सुरसार पनि छैन् । पैसा तिर्न सक्नेहरुले भारतबाट एक डोजकै एक डेढ लाख खर्च गरेर ल्याएका छन् । नसक्नेले त्यत्तिकै छन् । हामीले केही महंगो भएपनि औषधि समयमै ल्याउँछौँ भनेको दिईएन । जसले ल्याउनै सक्दैन् उसैलाई टेण्डर पारियो । यो त आम नागरिकको ज्यान माथि खेडवाल भएनर ?,’ आयान हेल्थ केयरका सीईओ मोहम्मद कमालले भने । उनले आफूले अनुमति पाए १५ दिनमै औषधि ल्याउने समेत दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *