देशभर थप ४४८७ जनामा कोरोना संक्रमण, ६०८० जना संक्रमणमुक्त


काठमाडौँ, १५ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा थप ६ हजार ८० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ११६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शािबार जारी गरेको विवरण अनुसार चौविस घण्टामा १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ७५२ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ४ हजार ४८७ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

यो संगै देशभर कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । यसमध्ये ४ लाख ३४ हजार ७५० जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ७ हजार १६३ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ रहेको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ६ सय १४ जना र भेन्टीलेटरमा ४५७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *