एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ९८४१ जना डिस्चार्ज, ६९५१ जनामा कोरोना संक्रमण


काठमाडौँ, १४ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ६ हजार ९५१ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संंख्या अहिलेसम्मकै सबैभन्दा बढी ९ हजार ८४१ रहेको छ । त्यसैगरी आज थप ९६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विवरण अनुसार चौविस घण्टामा १९ हजार ३१३ जनाको पीसीआर र ७९७ जनाको एन्टीजेन विधिबाट गरी कुल २० हजार ११० जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ६ हजार ९५१ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

यो संगै देशभर कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । यसमध्ये ४ लाख २८ हजार ६७० जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ७ हजार ४७ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ६ सय २७ जना र भेन्टीलेटरमा ४५०जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *