पछिल्लो २४ घण्टामा थप ८६३६ जनामा कोरोना संक्रमण, ६४०४ जना डिस्चार्ज

काठमाडौँ, ११ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ८ हजार ६३६ जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संंख्या ६ हजार ४०४ रहेको छ । त्यसैगरी आज थप १६९जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको विवरण अनुसार चौविस घण्टामा २२ हजार ३०६ जनाको पीसीआर र ६३० जनाको एन्टीजेन विधिबाट गरी कुल २२ हजार ९३६ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ८ हजार ६३६ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

यो संगै देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यसमध्ये ४ लाख ४ हजार ८८७ जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ रहेको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ६ सय ७२ जना र भेन्टीलेटरमा ४४७ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *