शनिबार देशभर थपिए ८९८० जना कोरोना संक्रमित, ८८४८ जना संक्रमणमुक्त
काठमाडौँ, ८ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ८ हजार ९८० जनामा कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संंख्या भने ८ हजार ८४८ रहेको छ । एकैदिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै बढी हो । त्यसैगरी आज थप १२९ जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको विवरण अनुसार चौविस घण्टामा १९ हजार ३५७ जनाको पीसीआर र ७४८ जनाको एन्टीजेन विधिबाट गरी कुल २० हजार १०५ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ८ हजार ९८० जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।
यो संगै देशभर कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ । यसमध्ये ३ लाख ८३ हजार ६८४ जना निको भएका छन् । ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ रहेको छ ।
त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ७ सय ३२ जना र भेन्टीलेटरमा ५ सय २३ जना उपचाररत छन् । त्यस्तै ५ सय भन्दा बढी संक्रमित रहेका जिल्ला ४६ वटा र २ सय भन्दा बढी संक्रमित भएका जिल्ला १७ वटा रहेका छन् ।
सम्पर्क इमेल : [email protected]