शनिबार देशभर थपिए ८१६७ जना कोरोना संक्रमित, ५४५५ जना संक्रमणमुक्त

काठमाडौँ, १ जेठ । नेपालमा पछिल्लो चौविस घण्टामा नेपालमा थप ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५ हजार ४५५ जना निको भई घर फिर्किएका छन् ।अहिले निको हुने दर ७४।.४ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरको विवरण अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १७ हजार ९ सय ७१ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ४६ र ५७७ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २१ गरी थप ८ हजार १६७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज थप १८७ जना संक्रमितको मृत्यु भएको छ । हिजो शुक्रबार २०३ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८५३ पुगेको छ ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ । क्वारेनटीनमा ६७५ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३३१ र भेन्टीलेटरमा ३७० जना उपचाररत छन् ।

त्यस्तै ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला ३५ र २ सय भन्दा बढी संक्रमित भएका जिल्ला १७ वटा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *