देशभर थपिए ९ हजार २७१ जना कोरोना संक्रमित, १३९ जनाको मृत्यु
काठमाडौँ, २७ बैशाख । देशभर आज ९ हजार २७१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमणबाट थप १३९ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १७ हजार ६३२ जनाको पीसीआर र ७८८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ हजार २७१ जना पोजेटिभ पाइएको हो ।
मन्त्रालयले यहि अवधीमा ४ हजार ७ जनाले कोरोना जितेर निको भएको बताएको छ ।
यस्तै आज कोरोनाबाट १३९ जनाको ज्यान गएको मन्त्रालयले विवरणमा उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमितको मृत्यु भएको विवरण आएको थियो । तर नेपाली सेनाले थप ६५ जनाको समेत शव व्यवस्थापन गरेको विवरण सीसीएमसीलाई पठाएको थियो । यो समेत जोडदा कुल मृत्युको संख्या १३९ जना पुगेको हो ।
यसअघि आइतबार एकै दिन सबैभन्दा बढी ८८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको थियो । आजको मृत्युको संख्याले अवस्था निकै नै भयावह भएको स्पष्ट पारेको छ ।
सम्पर्क इमेल : [email protected]