नेपालमा एकैदिन थपिए ९ हजार ७० जना कोरोना संक्रमित, ५४ जनाको मृत्यु

काठमाडौँ, २३ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो । सोही अवधीमा थप ५४ जना संक्रमितको मृत्यु भएको छ । हिजो सबैभन्दा बढी ५८ जनाको निधन भएको थियो । त्यसैगरी थप २ हजार ७०७ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार २० हजार ३ सय ६७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय जना गरी थप ९ हजार ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ । क्वारेनटीनमा ३१४ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६ सय २५ र भेन्टीलेटरमा २०१ जना उपचाररत छन् । त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *