मिस युनिभर्स नेपाल बिजेता अंशिकाको केडीसीमा दन्त परीक्षण


काठमाडौँ, २ फागुन । मिस युनिभर्स नेपाल २०२० की विजेता अंशिका शर्माले बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा दन्त परीक्षण गराएकी छन् । गत विहीबार शर्मासंगै केडीसी पुगेका सोही प्रतियोगिताका थर्ड रनरअप डा दिक्ता थापा र फोर्थ रनरअप न्यान्सी खड्काले पनि दन्त परीक्षण गराएका छन् ।

केडीसीका मुख तथा दन्त विशेषज्ञहरु डा सत्यप्रिया सिवाकोटी, डा लोकेश बर्मा, डा सुमित सिंह, डा उज्वल प्याकुरेल लगायतले उनीहरुको दन्त परीक्षण गरेका थिए ।

दन्त परीक्षण पछि टाइटल विजेता शर्माले मुख तथा दन्त उपचार सेवामा केडीसीको सेवा उत्कृष्ठ रहेको बताइन । उनले प्रतियोगिताको दौरानमा पनि आफूले केडीसीको सेवा लिएको भन्दै त्यसबाट प्रभावित भएर नै पुन परीक्षणका लागि आएको बताइन । सो अवसरमा उनले मुख तथा दन्त परीक्षण नियमित गर्नु गराउन समेत आम सर्वसाधारणलाई अपिल समेत गरिन । ‘यसले बाहिरी सौन्दर्यमा त प्रभाव पार्छ नै शरीर स्वस्थ राख्न समेत यसले मद्धत पुग्दछ,’ उनले भनिन् ।

केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठ अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि छनौट भएका सुन्दरीहरुले मुख तथा दन्त उपचारका लागि चासो देखाएको भन्दै खुशी व्यक्त गरे । उनले आम सर्वसाधारणले पनि नियमित रुपमा मुख तथा दन्त परीक्षण गराउनु पर्ने बताए ।

मुख तथा दन्त स्वस्थ रहे शरीरमा मुटुरोग, चिनिरोग मात्रै नभई विभिन्न खालका सरुवा रोग समेत नियन्त्रण हुने बताए ।

केडीसीले अहिले म्याक्जिलो फेसियल सर्जरी, डिजिटल डेन्टिस्ट्रि र सीबीसीटी लगायतका विभिन्न सेवा दिदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *