पाँच दिनमा २२४१ पत्रकारले कोभिडबिरुद्धको खोप लगाए

निजामती कर्मचारी अस्पतालमा खोप लगाउन पालो पर्खेका पत्रकारहरु

काठमाडौँ, १ फागुन । गत सोमबार देखि शुक्रबार (हिजो)सम्मको अवधीमा २ हजार २४१ जना पत्रकारले कोभिड -१९ बिरुद्धको खोप कोभिसिल्ड लगाएका छन् । सोही अवधीमा दुतावास र कुटनीतिक नियोगका गरी ८९१ जना र नेपालस्थित संयुक्त राष्ट्र संघ र त्यसअन्तरगर्तका निकाय (युएन एजेन्सी)मा कार्यरत ३४८ जनाले खोप लिएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतम भन्छन्, ‘पाँच दिनको अवधीमा पत्रकार, कुटनीतिक नियोग र युएन एजेन्सीका गरी कुल ३४८० जनाले खोप लगाउनु भयो ।’

भारत सरकारको अनुदान सहयोगमा प्राप्त १० लाख डोज कोभिसिल्ड आएपछि सरकारले गत  १४ माघ देखि कोभिडबिरुद्धको खोप अभियान शुरु गरेको थियो ।

मन्त्रालयले पहिलो चरण अन्तरगर्त २४ माघसम्म स्वास्थ्यकर्मी र तिनका सहयोगी, एम्बुलेन्स सववहान चालक, सरसफाईकर्मी, बृद्धाश्रममा रहेका बृद्धबृद्धा, जेलमा रहेका कैदीबन्दी लगायतलाई खोप दिएको थियो ।  २६ माघ देखि काठमाडौँ उपत्यकाका पत्रकार, कुटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई खोप दिने निर्णय गरेको थियो ।

गत १४ देखि ३० माघ सम्मको अवधीमा करीब १ लाख ९० हजार जनाले कोभिड १९ बिरुद्धको खोप लिएको डा. गौतमले जानकारी दिए ।

खोप लगाउनका लागि पत्रकारलाई नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल, कुटनीतिक नियोग तथा दुतावासका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल र युएन एजेन्सीका कर्मचारीका लागि पाटन अस्पतालमा खोप केन्द्र बनाइएको थियो । शुरुमा बाँसबारीस्थित गंगालाल अस्पताल समेत खोप केन्द्रको सूचीमा राखिएपनि पछि त्यसलाई हटाइएको थियो ।

डा गौतमले पहिलो चरणको पहिलो प्राथमिकतामा परेकाहरुको खोप लगाउने अभियान शुक्रबार सकिएपछि अब आइतबारबाट पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप दिइने बताए ।

यसमा स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, बैंकका कर्मचारी, जिल्लाका प्रहरी, सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खोप दिइने व्यवस्था मिलाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *