देशभर थपिए १५७ जना कोरोना संक्रमित, ३३३ जना संक्रमणमुक्त


काठमाडौँ, १६ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ५७ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ३ सय ३३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा थप ८२ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २ सय २१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ५७ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ६४ हजार ८१ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ । क्वारेनटिनमा १ सय ११ जना रहेका छन् । देशभरका कोरोना अस्पतालका आइसीयूमा १४७ र भेन्टलेटरमा २७ जना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ । हिजो भने मृतकको संख्या सून्य थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *