पछिल्लो २४ घण्टामा देशभर थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना संक्रमणमुक्त


काठमाडौँ, २० पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय ३ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ५ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा मात्रै थप १८५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ४०१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ३ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा अहिलेसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ । क्वारेनटिनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २०९ जना आइसीयूमा र ३४ जना भेन्टीलेटरमा उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८८५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *