कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १७८८ पुग्यो
काठमाडौँ, ५ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।
थप ४ हजार ६२० जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ५८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हजार ९७ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी ८ हजार ३२० जना सक्रिय संक्रमित छन् भने क्वारेनटिनमा ४२१ जना रहेका छन् ।
त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २६५ र भेन्टीलेटरमा ५१ जना उपचाररत छन ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]