काठमाडौँ उपत्यकामा २३८ सहित देशभर थप ५८८ जनामा कोरोना संक्रमण

काठमाडौँ, ५ पुस । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा २३८ सहित देशभर थप ५ सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १७९ ललितपुरमा ३३ र भक्तपुरमा २६ जना गरी थप १७९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ६२० जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ५ सय ८८ जनाको कोरोना भाइरस पोजेटिभ आएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ ।

त्यसैगरी नेपालमा अहिलेसम्म १८ लाख ७० हजार ८३० पीसीआर नमुना परीक्षण भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *