बुढो हुँदै गरेको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ ? भर्‍याङ र सिंडी चढ्नुस्

Woman walking upstairs with briefcase

एजेन्सी – एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर भर्‍याङ सिंडी चढ्ने बानीबसाल्नु पर्ने देखाएको छ ।

क्यानडामा गरिएको सो अध्ययनले बृद्ध मानिसको मस्तिष्क चनाखो, चुस्त र जवान बनाउन नियमित अध्ययन जतिकै शारीरिक व्यायमलाई पनि ध्यानदिनु पर्ने जनाएको हो ।

कोन्कोर्डिया यूनिभर्सिटी अफमोर्नट्रयलका अनुसन्धान प्रमुख ज्यासोन स्टेफ्नर भन्छन्, ‘मस्तिष्कको स्वास्थ्य र भर्‍याङ वा सिंढी चढ्ने जस्तो सममान्य क्रियाकलापमा यस्तो सम्वन्ध भेटिनु खुसीको कुरा हो ।’

अनुसन्धानकर्ताले १९ देखि ७९ उमेर समूहका ३३१ स्वस्थ मानिसको मस्तिष्कको एम.आर.आई. (स्क्यान) गरेका थिए । सो क्रममा अध्ययन अध्यापनमा समय बिताउने र सिंडी तथा भर्‍याङको प्रयोग गर्ने व्यक्तिहरुको बौद्धिक क्षमता अन्यको भन्दा बढी रहेको अध्ययनले देखियो ।

अध्ययन अध्यापनमा ध्यानदिने ब्यक्तिको मस्तिष्कको उमेर अन्यको भन्दा एक वर्ष कम देखियो । त्यसै गरी हरेक दिन कम्तिमा एक पटक सिंडी चढ्ने ब्यक्तिको मस्तिष्कको उमेर लिफ्ट/एलिभेटर प्रयोग गर्नेको भन्दा ६ महिना कम रहेको पाईयो । यो अध्ययन न्यूरो बायोलोजि अफ एजुकेसन मा प्रकाशित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *