कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो
काठमाडौँ, २८ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार १ सय ७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ । आइसीयूमा ३०५ जना र भेन्टीलेटरमा ७० उपचाररत छन् ।
सम्पर्क इमेल : [email protected]