कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु, मृतकको संख्या ६४५ पुग्यो
काठमाडौँ, २६असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । जसमा ५ जिल्लाका २ महिला र ७ जना पुरुष हुन् ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार ४ सय ७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ । आइसीयूमा २७९ जना र भेन्टीलेटरमा ६७ उपचाररत छन् ।
मृत्यु हुनेको विवरण :
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]