कोरोना संक्रमणबाट नेपालमा थप २२ जनाको मृत्यु, मृतकको संख्या ६३६ पुग्यो
काठमाडौँ, २५ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । जसमा ११ जिल्लाका ५ महिला र १७ जना पुरुष हुन् ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार ५ सय ५२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । आइसीयूमा ३२९ जना र भेन्टीलेटरमा ७६ उपचाररत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]