सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण
काठमाडौँ, १८ असोज । सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टिपछि प्रधान्यायाधीशसहित १७ न्यायाधीश क्वारेन्टाइनमा बसेको सर्वोच्च अदालतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रधानन्यायाधीशसहित अन्य सबै न्यायाधीश कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरु क्वारेन्टाइनमा बसेका हुन्।
गत बिहीबार सर्वोच्च अदालतको फुलकोर्टको बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित १७ न्यायाधीश सहभागी थिए। सहभागी भएकामध्ये एक न्यायाधीशलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।
सर्वोच्च अदालतमा हाल ३० जनाभन्दा धेरै कर्मचारी क्वारेन्टाइनमा बसेका छन्।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]