रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु


रुपन्देही, १६ असोज । कोरोना भाइरस सङ्क्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११ः ५० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते कोरोना पोजेटिभ देखिए पनि सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *