नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु
काठमाडौँ, १५ असोज । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नेपालमा एक जना डाक्टरको निधन भएको छ । प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत ५८ बर्षीय अर्थोपेडिक सर्जन (एघारौँ तहका) डाक्टर हरि सापकोटाको निधन भएको हो ।
कोरोना संक्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बरिष्ठ अर्थोपेडिक सर्जन डा हरि सापकोटालाई हामीले गुमायौँ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा रविन खड्काले भने ।
गत ३० भदौमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य स्वाश्वास प्रश्वासमा समस्या देखिएपछि डसापकोटालाई नेपालगञ्जको भेरी अस्पतालमा २ असोजमा रिफर गरिएको थियो ।
‘बुधबार सम्म स्वास्थ्य अवस्था ठिकै थियो तर आज विहान एक्कासी स्वास्थ्य अवस्था विग्रियो । भेन्टिलेटरमा त राखियो तर बचाउन सकिएन,’ डा खड्काले अगाडी थपे ,’अघि दिउसो साढे तीन बजे उहाँको निधन भयो।’
डा सापकोटा मधुमेहका विरामी समेत थिए ।
उनलाई आजै भारतको म्याक्स अस्पताल लैजाने तयारी थियो ।
सम्पर्क इमेल : [email protected]