काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण
काठमाडौँ, १५ असोज । काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ८१७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनामा कोरोना संक्रमण देखिएको हो ।उपत्यकाको यो संख्या अहिलेसम्मकै धेरै हो ।
आज देशभर १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ । यस्तै पछिल्लो चौविस घण्टामा ९ सय ६१ जना कोरोना मुक्त भएका छन् ।
यसैगरी आज कोरोनाबाट मृत्यु हुनेको संख्या ११ रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]