देशभर थपिए १९११ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७९,७२८
काठमाडौँ, १५ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ४ सय ४४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ९ सय ११ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय ८० रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३ सय ८९ पुगेको छ ।
देशभरका क्वारेनटिनमा ५ हजार ७७ जना रहेका छन् । होम आइसोलेसनमा ११ हजार ६९ रहेका छन् । संस्थागत आइसोलेसनमा १० हजार ७ सय ६१ छन् ।
सम्पर्क इमेल : [email protected]