गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशुसहित थपिए ३३ जना कोरोना संक्रमित
पोखरा,१४ असोज । गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशुसहित थप ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार ३ जिल्ला कास्कीका ४, गोरखा १ र नवलपरासीका २८ जना छन् ।
२० घण्टाका नवजात शिशुलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको NICU मा भर्ना गरिएको छ । अन्य सबैजना सोहि अस्पतालको फिभर क्लिनिक र contact tracing बाट पहिचान भएक हुन् ।उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।
यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८६६ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]