सार्कमा नेपालको स्थान : निको हुने प्रतिशत सबैभन्दा कम, संक्रिय संक्रमितको प्रतिशत सबैभन्दा बढी

काठमाडौँ, १४ असोज । कोरोना भाइरस (कोभिड – १९) महामारीको रुपमा फैलिएको लामो समयसम्म नेपालले संक्रमणलाई नियन्त्रणमा राखेको थियो । सार्क राष्ट्रमा त नेपालको स्थान निके राम्रो थियो । तर पछिल्लो समय नेपालको अवस्था बिग्रिएको छ ।

नेपालको संक्रीय संक्रमितको प्रतिशत सार्कमै अगाडी देखिएको छ । र निको हुने दर सार्कमै पछाडी छ । मंगलबारसम्मको तथ्यांक नेपालमा कुल संक्रमितको २६.१ प्रतिशत संक्रीय संक्रमित थिए । यो सार्कमै सबैभन्दा बढी हो ।

त्यसो त  बढी संक्रमित हुने विश्वका राष्ट्रको सूचीमा ४७ औँ स्थानमा झरेको नेपालको संक्रमण अवस्था यतिवेला सार्क राष्ट्रमा झनै चिन्ताजनक देखिएको छ । कोभिड १९ संक्रमण दर संख्याको आधारमा नेपाल सार्कमा चौथो स्थानमा छ । त्यो भन्दा अघि अर्थात सार्कमा तेस्रो स्थानमा रहेको पाकिस्तान बढी संक्रमित हुने संसारका राष्ट्रहरुको सूचीमा २० औँ स्थानमा रहेको छ, सार्कको दोस्रो स्थानमा रहेको बंगलादेश संसार भरका राष्ट्रहरुको सूचीमा १५ औँ स्थान र सार्क राष्ट्रमा पहिलो भएको भारत संसारभरकै सबैभन्दा बढी संक्रमित हुने देशहरुको सूचीमा दोस्रो स्थानमा रहेको छ ।

नेपालको संक्रीय संक्रमितको प्रतिशत सार्कमै अगाडी देखिएको छ । र निको हुने दर सार्कमै पछाडी छ । मंगलबारसम्मको तथ्यांक नेपालमा कुल संक्रमितको २६.१ प्रतिशत संक्रीय संक्रमित थिए । यो सार्कमै सबैभन्दा बढी हो ।

सार्कमा सबैभन्दा कम संक्रीय संक्रमित पास्कितानमा रहेको छ जहाँ अहिले २.५ प्रतिशत मात्रै रहेका छन् । त्यसपछि कम रहेको देश श्रीलंका हो । जहाँ संक्रीय संक्रमित ५.२ प्रतिशत रहेको छ । त्यसपछि क्रमश माल्दिभ्स र अफगानिस्थानमा १३ र १३.१ प्रतिशत रहेको छ । भारतमा १६.३ प्रतिशत, बंगलादेशमा २३.७ प्रतिशत र भुटानमा २४.७ प्रतिशत रहेको छ ।

यस्तै कोभिड १९ निको हुने दर कम हुने सार्क राष्ट्रको सूचीमा नेपाल पहिलो छ । नेपालमा ७३.१ प्रतिशत मात्रै निको भएका छनु । जवकी पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत, मालदिव्समा ८६.६ प्रतिशत, अफगानिस्थानमा ८३.२ प्रतिशत, भारतमा ८२.१ प्रतिशत देखिएको छ ।

यस्तै भुटानमा ७५.३ प्रतिशत, बंगलादेशमा ७४.८ प्रतिशत संक्रमितहरु निको भएका छन् । तर अहिलेसम्म संक्रमितमध्ये मृत्यु हुने दरमा भने नेपालको स्थान अफगानिस्थान, पाकिस्तान, भारत, बंगलादेश भन्दा कम छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *