पीजी तहको लाइसेन्स परीक्षा १२ र १३ मंसिरमा गर्ने निर्णय

काठमाडौँ, ५ असोज । नेपाल मेडिकल काउन्सिलले चिकित्सा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तहको नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी १२ र १३ मंसिरमा गर्ने निर्णय गरको छ । कोरोना महामारीसंगै रोकिएको पीजी तहको लाइसेन्स परीक्षा स्वास्थ्य सुरक्षा अपनाइ आगामी १२ र १३ मंसिरमा गर्ने निर्णय भएको काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले बताए ।
काउन्सिलले पीजी तहको परीक्षा हरेक बर्ष चार चार महिनामा लिने गर्दथ्यो । कोरोना महामारी पछि सो परीक्षा रोकिएको थियो ।
त्यसो त, कोरोना महामारीकैबीच काउन्सिलले गत २० भदौमा अन्डरग्राजुए्ट (एमबीबीएस र बीडीएस) तहको चिकित्सक नाम दर्ता परीक्षा सम्पन्न गरेको छ ।
आगामी १ कात्तिकमा पनि सोही तहको परीक्षा लिँदैछ । ती परीक्षाहरु उपत्यका बाहेक मोफसलमा पनि सेन्टर तय गरी लिइने गरिएको छ । तर काउन्सिलले पीजी तहको लाइसेन्स परीक्षा केन्द्र भने उपत्यकामा मात्रै हुने स्पष्ट पारेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

