विषाक्त रसायन प्रयोग गरिएको ह्याण्ड स्यानिटाइजर बजारमा !
काठमाडौँ, २७ भदौ । काठमाडौँ र भक्तपुरका पाँचवटा उद्योगबाट उत्पादित ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसाएन भेटिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरेको परीक्षणबाट ती ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मेथानोल भेटिएको हो ।
काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट र भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गरेको विषाक्त रसायन भेटिएको उल्लेख छ ।
विभागले गरेको अनुगमनको क्रममा राष्ट्रिय औषधि प्रयोगशालाले तोकेको मापदण्ड इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (अल्कोहलमा आधारित) सम्वन्धी स्तर २०७६ हुनुपर्नेमा त्यस विपरित हुने गरी विशाक्त रसायन मिथानोल प्रयोग भएको बताएको छ ।
सरकारले अहिले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्नुपूर्व औषधि व्यवस्था विभागमा दर्ता अनिवार्य गर्न भनेको छ । तर यी पाँचवटै उद्योगहरु विभागमा दर्ता छैनन् ।
विभागका महानिर्देशक नारायण ढकालले मेथानोल मानव शरीरका लागि अत्यन्त हानिकारक भएको बताउँदै त्यसको प्रयोग नगर्न र ती उत्पादनहरु तत्काल बजारबाट खिच्न सम्वन्धीत निकायको ध्यानाकर्षण गराएको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]