स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आव्हान

काठमाडौँ, २७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।  मन्त्रालयले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिलाई १५ दिन भित्र दरखास्त पेश गर्न भनेको छ ।

स्वास्थ्य बीमा बोर्डका तत्कालिन कार्यकारी निर्देशक रहेका रमेशकुमार पोखरेलले गत १७ असारमा राजिनामा दिएपछि सो पद रिक्त थियो । मन्त्रालयले २२ असारमा तत्कालका काम चलाउन भन्दै आफ्नो सहसचिव डा राधिका थपलियालाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

आज प्रकाशित सूचनामा मान्यताप्राप्त संस्थाबाट अर्थशास्त्र, व्यस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तिमा स्नातकोत्तर उपाधी हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तिमा दश बर्षको अनुभव प्राप्त गरेको व्यक्तिले दरखास्त दिन सक्ने उल्लेख छ ।

यस्तै ४० देखि ६५ बर्ष बीचको उमेर हुनुपर्ने, फौजदारी कसुर प्रमाणित नभएको,  कुनै राजनीतिक दलको सदस्य नभएको, बोर्र्डसंग कुनै किसिमको स्वार्थ नभएको भन्दै योग्यता तोकिएको छ ।

यस्तो छ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *