चार वर्षीया बालिका सहित थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२८ पुग्यो
काठमाडौँ, १५ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले चौबिस घण्टामा थप ७ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता डा. गौतमले ४ वर्षीया बालिका सहित ३ जना महिला र ४ जना पुरुष गरी थप ७ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको बताए । जसमा महोत्तरीकी ४ वर्षीय बालिका, गोरखाकी ६५ वर्षीय र रुपन्देहीकी ६८ वर्षीय महिला, त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुष हुन् ।
यी सहित नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । भने कोरोना संक्रमणबाट मुक्त भई घर फर्कनेको संख्या ५८८ रहेको छ ।
सम्पर्क इमेल : [email protected]