गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित

काठमाडौँ, १५ भदौ । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा गोरखाका २ जना, बाग्लुङका २ जना र नवलपरासीका ८ जना छन् । तीनीहरुमध्ये ५ महिला र ८ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ सय ५१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *