टिचिङ अस्पतालका एक डाक्टर र सात जना नर्समा कोरोना संक्रमण
काठमाडौँ, ३० साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत थप एक जना विशेषज्ञ डाक्टर र सात जना नर्स सहित कुल आठ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार विहान र दिउसो आएको पीसीआर रिपोर्टमा चिकित्सक र नर्समा संक्रमण देखा परेको हो ।
अस्पतालका कोभिड १९ युनिट संयोजक प्राडा शान्तकुमार दासका अनुसार संक्रमणमा पर्ने एक जना विशेषज्ञ चिकित्सक हुन् । उनको वार्ड तथा आकस्मिक कक्षमा जाई आई हुने गर्दथ्यो । नर्सहरु भने मेडिसिन वार्डका हुन् ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ हुँदै गरेको डा दासले बताए ।
यसअघि बुधबार आकस्मिक कक्षका २ जना चिकित्सक सहित चार जना नर्समा पनि कोरोना संक्रमण देखिएको थियो । बुधबार यता सो अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।
सम्पर्क इमेल : [email protected]