पछिल्लो चौबिस घण्टमा थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९१ पुग्यो
काठमाडौँ, २८ साउन । पछिल्लो चौबिस घण्टमा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा काठमाडौँ उपत्यकामा ५ सहित थप ८ जनाको मृत्यु भएको बताए ।
यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
डा गौतमका अनुसार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमामा धादिङका ३२ वर्षका एक युवाको गएराती मृत्यु भएको छ । उनी दुई दिन अघि ह्याम्समा भर्ना भएका थिए । फोक्सोमा समेत समस्या देखिएको उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो ।
यसैगरी पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको मृत्यु भएको थियो । साउन १८ गते अस्पताल भर्ना भएकी ती महिलालाई मेनेन्जाइटिसको समस्या पनि थियो ।
मेडिसिटिमा साउन ५ गते भर्ना भएका जनकपुरका ७१ वर्षका बृद्धको गयराती साढे एघारबजे मृत्यु भएको हो । निमोनिया,झाडापखाला,श्वाश्प्रश्वासमा समस्या आई भर्ना भएका वृद्दलाई ७ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै किस्ट अस्पतालमा २ जनाको मृत्यु भएको छ । आइसीयूमा उपचाररत बारा कलैयाका ७७ वर्षका पुरुष र काठमाडौं टेकुकी ७८ वर्षकी वृद्धाको मृत्यु भएको हो । यसअघि आजै पाटन अस्पतालमा उपचारत जनकपुरकी ३८ वर्षकी महिलाको मृत्यु भएको थियो ।
यसैगरी कपिलवस्तुमा १ जनाको मृत्यु भएको छ । कपिलवस्तु कृष्णनगरका ४२ बर्षका पुरुषको कोरोना बिशेष अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो । यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा बुधबार नै एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
सप्तरीको राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । कोरोना संक्रमणको पुष्टि हुनेवित्तिकै राजविराजमै रहेको कोभिड आइसोलेसनमा ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो ।
चार दिन अघि देखि ज्वरो देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । थप ९ कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ९१ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]